२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

जापान, कोरिया र युरोपमा संस्थागतरूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमा : श्रममन्त्री भण्डारी

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १३:१२
जापान, कोरिया र युरोपमा संस्थागतरूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमा : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।

प्रतिनिधि सभाको मंलगबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गरिने समेत बताए ।

उनले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेन्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी भइरहेको समेत बताए । उनले अगामी जुलाई महिनादेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु हुने जानकारी गराए । 

उनले भने, ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीका लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउनेगरी निर्णय भएको छ । यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिालाइएको छ । उच्च मानव अधिकार भएका मुलुकहरुमा श्रमिक पठाउनको लागि तायारी भएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको छ । यस्ता ठगेको उजुरी परेको खण्डमा नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिक र स्रोतलाई उच्चतम उपयोग गर्नेगरी पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’

उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई प्रयोग गर्ने पुनः एकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकता दिएको पनि जानकारी गराए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise