काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि ताेकिएकाे न्यूनतम तलब १ हजार दिरामसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय वा संसदले पारित गरेको कानुन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने गरेको छ ।
सूचनाअनुसार यूएईमा नेपाली कामदारका लागि चार वर्गकाे तलब कार्यान्वयनमा आउने छ । नयाँ व्यवस्था अनुसार अदक्ष कामदारकाे न्यूनतम मासिक तलब १ हजार दिराम, अर्धदक्ष कामदारकाे १ हजार २ सय वा त्यसभन्दा माथि, दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि र उच्च दक्ष कामदारकाे न्यूनतम पारिश्रमिक ६ हजार वा त्यसभन्दा माथि हुनुपर्ने छ । सबै वर्गका कामदारको खाना खर्च ४ सय ताेकिएकाे छ । सरकारले गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको थियो ।