२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

लेदोसहित खसेको ढुंगाले लागेर चालकको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार २८ गते १०:२६
लेदोसहित खसेको ढुंगाले लागेर चालकको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुंगाले लागेको थियो । 

आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise