२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

३९ स्थानीय सरकारको आएन बजेट

shivam cement
छबि सापकोटा
२०८२ असार ११ गते ०६:१५
३९ स्थानीय सरकारको आएन बजेट

काठमाडौं : देशभरका ७५३ स्थानीय सरकार मध्ये ३९ स्थानीय सरकारले मंगलबार बजेट ल्याउन सकेनन् । स्थानीय सरकारहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ ।  

मंगलबार देशभरका २४ वटा नगरपालिका र १५ वटा गाउँपालिकाले निर्धारित समयमै बजेट ल्याउन नसकेको नेपाल नगरपालिका संघले जनाएको छ ।

संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाका अनुसार कुल ९२ प्रतिशत बजेट ल्याउँदा ८ प्रतिशत नगरपालिकाले बजेट ल्याउन सकेनन् । 

संघका अनुसार काठमाडौ महानगर र धरान उपमहानगरले समेत निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट नल्याउनेमा मधेश प्रदेशका १६ वटा नगरपालिका र बागमती प्रदेशका ४ वटा नगरपालिका, लुम्बिनीका २ नगरपालिका, कोशी र कार्णाली प्रदेशको १ वटा नगरपालिकासहित २४ नगरपालिकाले बजेट ल्याउन सकेनन् । 

देशभरका २९३ नगरपालिका मध्ये २६९ वटा नगरपालिकाले मात्र बजेट ल्याएको छ  ।

यस्तै १५ वटा गाउँपालिकाले सिा बजेट ल्याएको छैन । गाउँपालिका मध्ये सबैभन्दा बढी मधेश प्रदेशका ९ गाउँपालिकाहरूले बजेट ल्याएको छैन । यस्तै गण्डकी र लुम्बिनीका २÷२ र बागमती र कर्णालीको १÷१ गाउँपालिकाले बजेट नल्याएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुुरेलले जानकारी दिए । 

४ सय ६० गाउँपालिकाहरू मध्ये ४ सय ४५ अर्थात् ९७ प्रतिशत गाउँपालिकाहरूले बजेट ल्याएका हुन् । स्थानीय सरकारमा दोश्रो कार्यकालका जनप्रतिनिधिहरूको चौथो बजेट ल्याएका हुन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise