२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

झोलुङ्गे पुल जोखिममा

shivam cement
मध्यान्ह
२०८१ असार २८ गते ११:३४
झोलुङ्गे पुल जोखिममा

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ बालुवाचौर र वडा नम्बर ३ सिम जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । उक्त पुल बिराले पिपल पोखरा सडकखण्ड अन्तरगत पर्दछ । बिरालेदेखि जग्रासम्म सडक पिच भइरहेको छ । 

सडक चौडा बनाउने काम भइरहेका बेला बिहीबार राति पहिरो खस्दा झोलुङ्गे पुल जोखिममा परेको स्थानीय देबबहादुर पौडेलले बताए ।

स्थानीयहरु कुन दिन पुल भत्किने हो भन्ने चिन्तामा रहेका छन् भने जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise