२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी

ADV
मध्यान्ह
२०८१ असार २८ गते ११:४०
रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी

काठमाडौं : सरकारले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो ।

मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको बताएको छ । 

यसअघि २०७९ साल साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो । यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन् ।

रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन गरेको प्रस्तावका विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा शुरु हुने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise