२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

कालिकोटका ६ पालिका पूर्णखोप सुनिश्चित घोषणा

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते १९:२४
कालिकोटका ६ पालिका पूर्णखोप सुनिश्चित घोषणा

कालीकोट : कालिकोटका ६ पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप दिएका पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए । 

जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिसकेपछि मात्र जिल्लालाई घोषणा गरिने उनले बताए । कालिकोटमा महाबै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिका र राष्कोट नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भइसकेको छ ।

जिल्ला समन्वय समिति प्रमुख धनजितबहादुर शाहीका अनुसार खाँडाचक्र, तिलागुफा नगरपालिका र पलाता गाउँपालिका गरी ३ स्थानीयलाई यसै साता पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी छ ।
 

ADV

सम्बन्धित खबर

Advertise