२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कालिकोटका ६ पालिका पूर्णखोप सुनिश्चित घोषणा

Nada
२०८२ असार ११ गते १९:२४
Shares
कालिकोटका ६ पालिका पूर्णखोप सुनिश्चित घोषणा

कालीकोट : कालिकोटका ६ पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप दिएका पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए । 

ncell

जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिसकेपछि मात्र जिल्लालाई घोषणा गरिने उनले बताए । कालिकोटमा महाबै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिका र राष्कोट नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भइसकेको छ ।

जिल्ला समन्वय समिति प्रमुख धनजितबहादुर शाहीका अनुसार खाँडाचक्र, तिलागुफा नगरपालिका र पलाता गाउँपालिका गरी ३ स्थानीयलाई यसै साता पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी छ ।
 

ताजा खबर

सम्बन्धित खबर