२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

मालारानीले ल्यायो ६३ करोडको बजेट

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते १९:२८
मालारानीले ल्यायो ६३ करोडको बजेट

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन र सहकारी ः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गरे ।

जसअन्तर्गत चालुतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगत १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ । 

गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि लगायतका कार्यक्रमहरु समेटिएको छ । प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, किसानका उत्पादन बजारसम्म पु¥याउन ढुवानीमा अनुदानका र मालारानी–८ मा मसला उद्योग स्थापना गर्ने  अध्यक्ष दलबहादुर भट्टराईले बताए ।

शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ । पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा ७ करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दिर्घरोगी निःशुल्क औषधिको लागि २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए ।

गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजनाहरू बजेटमा समेटिएका छन् । समावेशी कार्यक्रम र स्थानीय विकास वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख विनियोजन गरिएको योजना अधिकृत नेत्र खनालले बताए । 

महिला, दलित, अपांगता भएका व्यक्ति,वृद्ध, बालबालिका र सुकुमबासी लक्षित कार्यक्रम समावेश गरिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise