२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

बाढी पहिरोबाट भएको क्षतिप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

shivam cement
मध्यान्ह
२०८१ असार २८ गते १४:३०
बाढी पहिरोबाट भएको क्षतिप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्रिशूली घटनाबारे दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा दुई वटा यात्रुबाहक बस खसेर बेपत्ता भएपछि अध्यक्ष नेपालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेका हुन् । 

नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष नेपालले भनेका छन्, ‘नारायणगढ मुग्लिन सडकअन्तर्गत सिमलतालमा आज बिहान अन्दाजी ३ः३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशूली नदीमा झारेको र सोही पहिरोका कारण अर्को एक सवारी साधनका चालकको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको छ।'

उनले अगाडि लेखेका छन्, 'काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगञ्जबाट काठमाडौं आउॅदै गरेको एञ्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु । साथै लगातार वर्षा भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत सबैमा हार्दिक अनुरोध गर्दछु ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise