२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

रेड एड्भाइजरी जारी भएका क्षेत्रमा रात्रिकालीन सवारी चलाउन नपाइने

ADV
मध्यान्ह
२०८१ असार २८ गते १५:०४
रेड एड्भाइजरी जारी भएका क्षेत्रमा रात्रिकालीन सवारी चलाउन नपाइने

काठमाडौं : उच्च जोखिमको सूचना ‘रेड एड्भाइजरी’ जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।

प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गृह मन्त्रालयबाट भएका निर्णयहरूबारे जानकारी गराउँदै मौसम विज्ञान विभागले यातायातका लागि रेड एड्भाइजरी जारी गरेका क्षेत्रमा रात्रि सेवा सञ्चालन नगर्ने र त्यसका लागि यातायात विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीले व्यवस्था मिलाउने निर्णय भएको बताए । 

उनले पहिरोको जोखिम रहेको क्षेत्रमा जोखिम सूचक राख्नेलगायतका निर्णयहरू भएको बताए । यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन ।

पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने पनि निर्णय गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise