२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन : कृषिमन्त्री अधिकारी

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते ११:५५
हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन : कृषिमन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताए । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने बताए । उनले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए ।

आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको उनले बताए । उनले मल समयमा पाउनुपर्ने र पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए ।

मन्त्री अधिकारीले असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेको भएपनि र पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताए । मलका कारणले रोपाइँ गर्न पाइनँ भन्ने किसिमको सोच नराख्न उनले आग्रह गरे । आगामी दिनमा सहज ढंगबाट मल प्राप्त हुने उनले बताए ।

मन्त्री अधिकारीले किसानको मागहरु सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने उनले बताए । असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदैछ ।

ADV

सम्बन्धित खबर

Advertise