२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

सिरियाविरुद्ध लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते ०९:१७
सिरियाविरुद्ध लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौँ :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।

सोमबार ट्रम्पको आदेशले सिरियाको विकास, सरकारको सञ्चालन र देशको सामाजिक संरचनाको पुनर्निर्माणका लागि महत्त्वपूर्ण संस्थाहरूलाई प्रतिबन्धबाट राहत प्रदान गरेको अमेरिकी ट्रेजरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष सिरियामा बशर अल-असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको ट्रम्पले बताएका छन् । डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए ।

इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ । राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए । ‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो । तर, अहिलेको समयमा यो हटाएर सिरियालाई सुन्दर भविष्यतर्फ उन्मुख गर्न जरुरी छ,’ ट्रम्पले भनेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise