२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

भारतको तेलंगानामा रासायनिक कारखानामा विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १०:०८
भारतको तेलंगानामा रासायनिक कारखानामा विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौँ : भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।

जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौँ र अझै भग्नावशेषमा खोजी जारी छ ।”

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।

भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्राय: यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ । सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise