२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

चेम्बर र आईआरजीडीडीले सहकार्य गर्ने

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते २१:४४
चेम्बर र आईआरजीडीडीले सहकार्य गर्ने

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स एनसीसी र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी)बीच आर्थिक कूटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कुटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरूलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाइएको छ ।

व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कुटनीति र लगानी अभिवृद्धि जस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्त रूपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ । दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कूटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्यमार्फत् आर्थिक कुटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले सहकार्यको सम्झौता गरिएको चेम्बरका अध्यक्ष अग्रवालले बताए ।

ADV

सम्बन्धित खबर

Advertise