काठमाडौं : एनसेलले अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण हुने एनसेलले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई सो नम्बर रेन्ञको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत् सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो ।
नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेशनल नम्बरिङ अलोकेशन प्लान)को नियम अनुरूप जारी भएको हो ।