२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

प्रोटन इमासले ‘शार्क ट्यांक’ नेपालको प्रायोजन गर्ने

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते २१:४८
प्रोटन इमासले ‘शार्क ट्यांक’ नेपालको प्रायोजन गर्ने

काठमाडौं : मलेसियाली अटो निर्माता प्रोटनको विद्युतीय सवारीसाधन प्रोटन इमास नेपालको चर्चित व्यावसायिक रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को आधिकारिक प्रायोजक बनेको छ । यस साझेदारीपछिको सिजनभर प्रोटन इमास शार्क ट्यांक नेपालमा प्रमुख ब्रान्डको रूपमा देखिने भएको हो ।

हिमालय टेलिभिजनमार्फत् प्रशारण हुने उक्त कार्यक्रममा सहभागितामार्फत् नेपाली स्टार्टअप र उद्यमशीलता क्षेत्रमा प्रवद्र्धन हुने विश्वास जगदम्बा मोटर्सले गरेको छ । जगदम्बा मोटर्स नेपालका लागि प्रोटन इमासको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनमार्फत् अगाडि बढाउने प्रतिबद्ध ब्रान्डको हैसियतले ‘शार्क ट्यांक नेपालसँगको सहकार्यप्रति उत्साहित भएको बताए ।

‘शार्क ट्यांक नेपाल’ विश्वभर लोकप्रिय उद्यमशीलता शो ‘शार्क ट्यांक’को नेपाली संस्करण हो । यसले स्थानीय स्टार्टअपहरूलाई आफ्नो व्यावसायिक आइडिया प्रस्तुत गर्ने मौका प्रदान गर्छ ।

ADV

सम्बन्धित खबर

Advertise