२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मकवानपुर क्याम्पस र सिएमसी चुरेहिल अस्पतालबीच सम्झौता

ADV
राजकुमार के.सी.
२०८१ असार २८ गते २१:१८
मकवानपुर क्याम्पस र सिएमसी चुरेहिल अस्पतालबीच सम्झौता

मकवानपुर : अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटीको पहलमा मकवानपुर बहुमुखी क्याम्पस र सिएमसी चुरेहिल अस्पतालबीच क्याम्पसको विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार भएको सम्झौतामा क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा २० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।
क्याम्पसको परिचयपत्र र सिफारिसको आधारमा उक्त स्वास्थ्य सुविधा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।

सम्झौतापत्रमा मकवानपुर बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा.यम सिलवाल र अस्पतालका अध्यक्ष प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा अस्पतालले क्याम्पसमा अतिथि प्राध्यापकमार्फत शिक्षणमा सहयोग गर्ने र विज्ञान संकायका विद्यार्थीहरुलाई  अभ्यासको लागि प्रयोगशाला उपलब्ध गराउने उल्लेख गरिएको  छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, कार्यरत प्राध्यापक र कर्मचारीहरुको स्वास्थ्य उपचारमा सहज बनाउन क्याम्पस र  सिएमसी चुरेहिल अस्पतालबीच उपचार लगायतको सम्झौता गर्न पहल गरिएको अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise