२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रेस युनियन युरोपको अधिवेशन १४ जुलाईमा

ADV
भरत प्रधान
२०८१ असार २८ गते २१:५१
प्रेस युनियन युरोपको अधिवेशन १४ जुलाईमा

लिस्बन : नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशन यही १४ जुलाइमा हुने भएको छ । जुममार्फत हुने अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको शाखाले जनाएको छ । अधिवेशनलाई कांग्रेस महामन्त्री एवं पूर्व मन्त्री गगन थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको शाखाका संयोजक सञ्जयभक्त कडेंलले जानकारी दिए । 

कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल विशेष वक्ताका रुपमा सहभागी हुने बताइएको छ । 

यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं युनियनका पूर्व केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी, युनियनका केन्द्रीय नेतृत्व तथा युरोपमा क्रियाशील कांग्रेस नेताहरूको समेत सहभागिता रहने संयोजक कडेंलेले बताए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व महासचिव समेत रहेका कडेंलको संयोजकत्वमा तीन वर्ष अघि युनियनको युरोप शाखा गठन गरिएको थियो । शाखामा हाल युरोपका विभिन्न मुलुकमा क्रियाशील दुई दर्जन बढी लोकतन्त्रवादी पत्रकार आवद्ध छन् । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कडेंलको विशेष पहल र सकृयतामा युनियनको युरोप शाखा र बेलायत शाखा स्थापना भएको थियो । 

१४ जुलाइ आइतबार हुने अधिवेशन नेपाली समय अनुसार अपरान्ह ५ः३० बजे र बेलायत र पोर्चुगलको समय अनुसार दिउँसो १२ः३० बजे हुने बताइएको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था प्रेस युनियन हाल वैदेशिक शाखाको रुपमा युरोपसहित  पोर्चुगल,  बेलायत र युएइमा सक्रिय छ । अन्य देशमा पनि शाखा विस्तारको तयारी भइरहेको युनियनले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise