दोहा, कतार : कतारले इरानी आक्रमणको दिन जुन २३ मा भएका ट्राफिक उल्लंघनको जरिवाना मिनाहा गर्ने भएको छ । इरान र इजरायलबीच भएको द्वन्द्वका कारण उक्त दिन कतारमा मिसाइल आक्रमण भएको थियो । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो ।
आक्रमणबाट सिर्जित तनावका कारण असाधारण अवस्थामा भएको उल्लंघनलाई पूरा छुट दिने कतारको आन्तरिक मन्त्रालयले बताएको छ । मन्त्रालयले ट्राफिक नियम–कानुन निरन्तर पालना गर्न र सडक प्रयोगकर्ताको अधिकारको सधैं सम्मान गर्न जोड दिएको कतारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।