२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

प्रधानको नेतृत्वमा नेवाः समाजको नयाँ कार्यसमिति

shivam cement
२०८२ असार २१ गते ०६:२५
प्रधानको नेतृत्वमा नेवाः समाजको नयाँ कार्यसमिति

काठमाडौं : सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको छैटौं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न समाजको छैटौं वार्षिक साधारण सभाले क्राउन ओभरसिज कन्सल्ट्यान्सी प्रा.लि.का सञ्चालक किसन प्रधानको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित गरेको छ ।

समाजको प्रथम उपाध्यक्षमा विजयराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिनेश श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रविन श्रेष्ठ, महासचिवमा देवेन्द्र नारायण श्रेष्ठ, सचिवमा गगन श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा निवर्तमान कोषाध्यक्ष मोती लक्ष्मी श्रेष्ठ, विद्यालक्ष्मी बज्राचार्य, अमितकुमार श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र जानवीस श्रेष्ठ ‘जस्मिन’ निर्वाचित भएका छन् ।

साधारण सभामा अध्यक्ष प्रधान, महासचिव श्रेष्ठ र कोषाध्यक्ष श्रेष्ठले पेश गरेको संघको वार्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेकोे छ ।

समाजका अध्यक्ष प्रधानले समाज वैदेशिक रोजगारका समस्या समाधान गर्न संघलाई सहयोग गर्नुका अतिरिक्त नेवारी संसकृतिको विकास र उन्नयनका लागि समाजिक उत्तरदायित्वका काममा पनि सक्रिय रहेकोे बताए । उनले संघ नेतृत्वले घटक संस्था भन्ने, तर व्यवहारमा एकरूपता र निरन्तरता नदिएको भन्दै संघले नीतिगत तथा रचनात्मक काममा समाज जस्ता घटक संस्थाहरूलाई प्रभावकारीरूपमा समेट्न जरुरी रहेकोे उल्लेख गरे ।

महासचिव श्रेष्ठले समाजले सय संख्या समाधान, सेवा शुल्क परिमार्जन, युरोपेली मुलुक मागपत्र प्रमाणीकरणलगायतका समस्या समाधानका लागि निरन्तर माग गरिरहेको बताए । उनले व्यवसायी विरोधी ऐन तथा नीतिगत प्रावधानका लागि कानुनी लडाइँ लड्नेदेखि नेवाः सभ्यता र संस्कृतिको सम्मान र संरक्षणका लागि युवा व्यवसायीहरूलाई समाजले उत्प्रेरित गर्दै आएको बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्बूसहित संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य, समाजका सल्लाहकारहरू, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्ष पुष्पलाल महर्जन, व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, कोषाध्यक्ष धनमाया सिञ्जाली श्रेष्ठलाई सम्मान गरिएको छ ।

त्यसैगरी समाजलाई आर्थिक सहयोग गर्ने रामप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, मेघराज श्रेष्ठ, ध्रुव डंगोल, सुरज महर्जन, सूर्यकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, दिलकुमार श्रेष्ठ, जानवीस श्रेष्ठ (जस्मिन) र साजन मान जोशीलाई पनि सम्मान गरेको छ । समाजले निवर्तमान कोषाध्यक्ष श्रेष्ठलाई पनि सम्मान गरेको छ । कार्यक्रम उपाध्यक्ष प्रविन श्रेष्ठ र सचिव गगन श्रेष्ठले सञ्चालन गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर