२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार भारतीय यात्रुको भएको पुष्टि

Nada
२०८१ असार २९ गते १५:१०
Shares
नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार भारतीय यात्रुको भएको पुष्टि

काठमाडौँ : चितवनको भरतपुर-२८ स्थित नारायणी नदी किनारमा फेला परेको पुरुषको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।  नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव  भेटिएको थियो । 

ncell

शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । 

काठमाडौँबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोमा परेर बेपता भएको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । उनी पनि त्यहि बसमा सवार भएको पत्ता लागेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर