काठमाडौं : अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेशनलसँगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो ।
काठमाडौंका स्थानीय मेकानिकलाई लक्षित गरी ल्याइएको सो कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको बजारीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरूसहित एक सय ५० जनाभन्दा बढी सहभागी थिए ।
नेपाली बजारकै लागि भनेर विशेष रूपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरी ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन् ।
‘हाम्रो बोश’ कार्यक्रमले स्थानीय स्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत् पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाइ थियो ।