२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

एनपिएल : पोखरा टस जितेर फिल्डिङमा

Nada
२०८३ कार्तिक १५ गते १६:५५
Shares
एनपिएल : पोखरा टस जितेर फिल्डिङमा

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

जारी प्रतियोगितामा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । यता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय व्यहोरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर