२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वैदेशिक रोजगारको नाममा ठग्ने ३ पक्राउ

shivam cement
२०८२ असार २७ गते २१:४५
Shares
वैदेशिक रोजगारको नाममा ठग्ने ३ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै ६ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ की विमला दनुवार र कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ की रामकुमारी रोक्का मगरलाई पक्राउ गरेको हो ।

दनुवारले आठ लाख र रोका मगरले दुई लाख गरी दश लाख ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ ।

यसअघि बिहीबार प्रहरीले १९ जना पीडितलाई वैदेशिक रोजगारीका लागि  बेलायत  पठाउने भन्दै ४१ लाख ५० हजार ठगी गरेको आरोपमा नवलपरासी (पूर्व) सुनवल १० की अकृजा भन्ने बिन्दु पोखरेललाई पक्राउ गरेको थियोे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाइ सम्पर्कविहीन हुने क्रम बढेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

सम्बन्धित खबर