२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विजयनगर–६ मा डिभिजन वन कार्यालयको सयौं बिरुवा फालियो

ADV
शहबाज खान
२०८१ असार २९ गते २३:०५
विजयनगर–६ मा डिभिजन वन कार्यालयको सयौं बिरुवा फालियो

कपिलवस्तु : बिग्रिँदो मौसम, प्रदूषित वातावरण, बढ्दो गर्मी लगायत विभिन्न पर्यावरणीय समस्या बढ्दै गइरहेको छ । सोही अवस्था र चुनौतीलाई हेर्दै गाउँदेखि शहरसम्म वृक्षारोपण गर्दै बोटबिरुवा लगाउने अभियान तीव्र छ ।

वृक्षारोपण संघसंस्था, वडा, पालिका लगायत अन्य निकायले समेत विभिन्न कार्यक्रम गरिरहेका छन् । यस्तै कपिलवस्तुमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन भैसकेको छ । जिल्ला वन कार्यालय कपिलवस्तु, डिभिजन वन कार्यालयहरुले समेत विभिन्न प्रजातिका बिरुवा निःशुल्क उपलब्ध गराउने गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा डिभिजन वन कार्यालय चन्द्रौटाबाट माग गरी केही बिरुवा विजयनगर गाउँपालिका वडा नं. ६ को कार्यालयले ल्याएको थियो । तर एक वर्ष बितिसक्दा त्यस कार्यालयले बिरुवाहरु रोप्ने मौका भने पाएन । बिरुवा ल्याएको एक वर्षपछि सुकेको अवस्थामा सय बढी बिरुवा वडा कार्यालय बाहिर फालिएको भेटिएको छ । 

यसै विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष प्रेम बहादुर कलवारलाई फोनमा कुरा गर्दा अध्यक्ष कलवारले गत वर्ष उक्त बिरुवा डिभिजन वन कार्यालय चन्द्रौटाबाट माग गरी ल्याएको बताए ।

उनले सो बिरुवा हुलाकी सडकको मेडियन र बद्दौर तालमा वृक्षारोपण गरेको दाबी गर्दै केही खराव बिरुवा बाहिर फालिएको बताए । 

तर बद्दौर तालको निरीक्षण गर्दा एउटा बिरुवा समेत फेला परेन । अध्यक्ष कलवारले रोपिएको बिरुवा गाइभैँसीले खाएको समेत बताए । 

सोही विषयमा डिभिजन वन कार्यालय चन्द्रौटाको योजना शाखा अधिकृत दिनेश कलवारले आफुहरुले माग भए अनुसार बिरुवा दिने काम मात्र रहेको बताए । उनले बिरुवा दिइसकेपछि सम्बन्धित निकायले बिरुवा रोप्यो  वा फाल्यो वन कार्यालय अनुगमन वा कारबाही गर्न नमिल्ने बताए । उनले कुनै सरकारी निकायलाई बिरुवा दिइसकेपछि कुनै किसिमको अनुगमन वा कारबाही गर्ने अधिकार नरहेको समेत स्पष्ट पारेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise