२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

ADV
मध्यान्ह
२०८१ असार ३० गते १३:४०
त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए ।

उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए ।

देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise