काठमाडौ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले संघको कार्यसमितिमा ४ जना सदस्य मनोनीत गरेका छन् ।
अध्यक्ष गुरुङले अल जाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक मोहमद जवारद्दिन मियाँ, भर्षा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेगाले मगर, रेडियन्ट ओभरसिज प्रा.लि.का सञ्चालक शिवकुमार कार्की र रोज ह्युमन रिसोर्सेस प्रा.लि.की सञ्चालिका सविताकुमारी सिंहलाई मनोनीत गरेका हुन् ।
मनोनयनमा महिला, मधेश, जनजाति, मुस्लिम, खस आर्य सबैलाई समेटिएको अध्यक्ष गुरुङले बताए । संघको २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्यको प्रत्यक्ष निर्वाचन हुने गरेको छ ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले चुनावी सहमति विपरीत भएको भन्दै एकलौटी मनोनयनमा आपत्ति जनाएका छन् । मञ्चका महासचिव तथा संघका सचिव कुन्छादोर्जे दिमदोङले अध्यक्ष गुरुङले चुनावअघिको सहमति बिर्सेर निर्णय गरेको भन्दै भेटेर छलफल गर्ने बताएका छन् ।