२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

३० उद्योगीलाई सीआईपी सम्मान

shivam cement
छबि सापकोटा
२०८२ साउन १ गते ०६:२५
३० उद्योगीलाई सीआईपी सम्मान

काठमाडौं : देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका ३० जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । 

उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई एक कार्यक्रमका बीच सीआइपी सम्मान गरेका हुन् । सीआईपी सम्मान प्राप्त गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल रहेका छन् । यी तीन संस्थाले निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा योगदान गरेको भन्दै सरकारले सम्मान गरेको हो । 

यस्तै, नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघदेखि सबै भन्दा धेरै वस्तु निर्यात गर्ने संस्था मध्ये नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ,  नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्षलाई सम्मान गरिएको छ । निर्यात गर्ने संघबाट तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल पाँच अर्ब भन्दा बढीको उत्पादन निर्यात गरेका थिए । 

तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच व्यवसायीलाई समेत सीआईपी सम्मान गरिएको छ । ऊनी गलैँचातर्फ, थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ, नेपाल फेशन प्रा.लि., ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रा.लि., छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रा.लि. र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिज रहेका छन् । यस्तै भारततर्फ धेरै रकमको निकासी गर्ने डाबर नेपाल, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्सलाई र चीनतर्फ धेरै निकासी गर्ने छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगललाई सम्मान गरिएको हो । 

यस्तै, नेपालको मौलिक सिप, कला र संस्कृति झल्किने हस्तकला निर्यात गर्ने, गिफ्ट ल्याण्ड इन्टरप्राइजेज, कृषिजन्य वस्तु निर्यात गर्ने नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन र जडिबुटी निर्यात गर्ने एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स सम्मानित भएका छन् । 

तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब भन्दा बढीको वस्तु निकासी गर्ने द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्टका प्रतिनिधीलाई सीआईपी सम्मान गरिएको हो । 

यसैगरी बैंकिङ प्रणालीमार्फत् विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटललाई सम्मान गरिएको छ । 

सम्मानितले पाउने सुविधा 

सम्मान प्राप्त गर्ने व्यवसायीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन् भने सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरूमा प्राथमिकताका साथ आमन्त्रण समेत गरिन्छ । यस्तै विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागीतामा प्रतिनिधित्व गर्न पाउनेछन् । 

सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थालाई मानार्थ सीआईपी सम्मान गरिएको हो । प्रत्येक दुई वर्षमा प्रदान गरिने प्रतिष्ठित सम्मान २०७६ माघपछि हुन सकेको थिएन । 

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मानले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताए । उनले निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्‍याउन सकिने बताए । सीआइपी सम्मानले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका धेरै रहेको बताए । 

जसले पाए सम्मान 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य
निर्यात व्यवसायी महासंघ नेपाल अध्यक्ष गोविन्दप्रसाद घिमिरे
आईएमईका अध्यक्ष हेमराज ढकाल 
त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाई 
नेपाल छुर्पी व्यवसायी संघ झापाका अध्यक्ष रेशमबहादुर पोखरेल
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ अध्यक्ष बलराम गुरुङ
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे 
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ अध्यक्ष नरेशलाल श्रेष्ठ
ऊनी गलैँचातर्फ ः थर्ड आई इन्टरनेशनल प्रोपाइटर छेवाड डण्डुल लामा
तयारी पोशाकतर्फ नेपाल फेशन प्रा.लि.का प्रवन्ध निर्देशक हरिप्रसाद भट्ट
ऊनी फेल्टका सामानहरूतर्फः नेशनल एक्सपोर्टस् प्रा.लि. सञ्चालक चन्द्रबहादुर थापा
छुर्पीतर्फः मनराम हिमालयन हेण्डीकाफ्टका प्रवन्ध निर्देशक सुरजकुमार श्रेष्ठ
पश्मिना वस्तुतर्फः ट्राईकोट इण्डष्ट्रीज प्रा. लिका प्रवन्ध निर्देशक शक्तिकुमार गोल्याण 
डाबर नेपालका व्यापार प्रमुख हरकिरत सिंह वेदी 
आरती स्ट्राईप्सका दिब्यराज सापकोटा 
रिलायन्स स्पिनिङ मिल्स प्रवन्ध निर्देशक अक्षण गोल्याण
छोमेन ट्रेडर्सका प्रोपाइटर पासाङ शेर्पा 
फिन्जो सोनाम इन्टरप्राइजेजका कर्मा छोडुप गुरुङ 
अष्ठमंगल प्रोपाइटरका उर्गेन लामा 
गिफ्टल्याण्ड इन्टरप्राइजेज पद्यरत्न धाख्वा 
कृषि क्षेत्रतर्फः श्री नेपाल एभरेष्ट कार्डामम प्रडक्सनका अध्यक्ष ओमकृष्ण विमली 
जडीबुटीतर्फ ए. बी. हर्बल ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राईटर जनकराज अवस्थी
जनकपुर रिफाइनरिजका सञ्चालक रईसा टिवडेवाल
द साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट ईण्डस्ट्रिजका अध्यक्ष दोर्जे ग्याल्छेन लामा
एभरेष्ट फेसनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ 
माइण्डफुल काफ्ट प्रा. लि.का प्रवन्ध निर्देशक कुबेर सापकोटा
एभरेष्ट हस्पिटालिटी होटलका प्रवन्ध सञ्चालक गौरव अग्रवाल 

ADV

सम्बन्धित खबर

Advertise