२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका विमोचन

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २३ गते २०:४७
पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका विमोचन

रुकुम पश्चिम : नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका, २०८१ विमोचन गरिएको छ । महासंघको खलंगास्थित कार्यालयमा बुधबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले स्मारिकाको विमोचन गरेका हुन् । 

उक्त अवसरमा नगर प्रमुख केसीले रुकुमको पत्रकारिताको विगत, वर्तमान र सम्भावनाहरुको पक्ष समेटेर अभिलेखको रुपमा स्मारिका प्रकाशन गरेको बताए । महासंघको जिल्ला शाखाले गरेका कामहरुको प्रशंसा गर्दै उनले सबै कामहरुको अभिलेख राख्ने काम भएको उल्लेख गरे । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाको सहयोगमा उक्त स्मारिका प्रकाशन गरिएको हो । शाखा अध्यक्ष लक्ष्मण केसीले पाँच सय प्रति स्मारिका प्रकाशन गरिएको बताए । 

स्मारिकामा पत्रकार महासंघ रुकुम शाखाको वर्तमान कार्यसमितिले गरेका गतिविधिहरु, रुकुमको पत्रकारिताको विगत र वर्तमानको अवस्था बारेका लेखहरु, शाखाको स्थापना कालदेखि हालसम्मको कार्यसमिति विवरण, जिल्लामा सञ्चालनमा रहेका रेडियो, अनलाइन, क्रियाशिल पत्रकारहरुको विवरण, सरकारी कार्यालयहरुको सूचना तथा विज्ञापन समेत स्मारिकामा समेटिएको अध्यक्ष केसीले बताए  ।

ADVADV

सम्बन्धित खबर

Advertise