२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कैलाली पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ADV
मध्यान्ह
२०८१ असार ३० गते २१:३३
कैलाली पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

धनगढी : कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आइतबार धनगढीमा जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा एक कार्यक्रम गरी खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लाको १३ वटै स्थानीय तहका ३६ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्लामा १६ देखि ५९ महिना सम्मका ३७ हजार ४ सय ६२ बालबालिकाहरुमा शून्य डोजको संख्या ११ र छुटका ४ सय ४८ जना बालबालिकाहरु रहेको खोप समन्वय समितिले जनाएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरल प्रमुख अतिथि रहेका थिए । उनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए । त्यसका लागि खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए । आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए । प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो । स्वास्थ्यलाई स्वस्थ राख्नका लागि मानिसले एक घण्टा भएपनि समय दिनुपर्ने उनले सुझाए । उनले समय–समयमा हुने नेतृत्वले गर्दा पनि समस्या भइरहेको बताए ।

‘समय–समयमा नेतृत्वसँगै नीति फेरिन्छन्’, उनले भने, ‘त्यसले गर्दा काम गर्न समस्या भइरहेको छ । यसमा सुधार गर्न आवश्यक छ ।’ कार्यक्रमममा घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावतले खोप सुनिश्चिताका लागि सबैको मेहनत सह्रानीय रहेको बताए । उनले बसाइँ सराइका कारण कतिपय बालबालिकाहरु छुट्ने गरेको हुँदा यो चुनौतीको विषय रहेको उनले औंल्याए ।

कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष गणेश चौधरी, स्वास्थ्य निर्देशनालयका प्रमुख खगेन्द्र बम, स्वास्थ्य स्वंयसेविका अम्बीका भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशिसतोष श्रेष्ठले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक खगराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise