२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटना अध्ययनका लागि कार्यदल गठन

ADV
मध्यान्ह
२०८१ असार ३१ गते १५:४६
गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटना अध्ययनका लागि कार्यदल गठन

काठमाडौं : नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री रहँदासम्म इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा आफ्नो प्राथमिकता रहने उनले उल्लेख गरे ।

गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहणका क्रममा उनले सो कार्यदल बनाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदललाई १० दिनको समय दिइएको छ । 

गत शुक्रबार बिहानै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालमा पहिलोसँगै दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुई बसमा गरी ६५ जना यात्रु रहेको प्रहरीको भनाइ छ । हालसम्म तीमध्ये १३ जनाको शव फेला परेको छ । बस र यात्रुको खोजी कार्य जारी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise