२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

मधेशको संकटलाई कसरी समाधान गर्ने ?

shivam cement
२०८२ साउन १२ गते ०६:००
मधेशको संकटलाई कसरी समाधान गर्ने ?

–कौशल गोपालवंशी

मधेशलाई केन्द्र सरकारले संकटग्रस्त क्षेत्र घोषणा ग¥यो । हुन पनि मधेश निकै संकटमा छ । जहाँ साउन दोस्रो साता लाग्दासमेत रोपाइँ हुन सकेको छैन । सँगै, बढ्दो गर्मी र पानीका स्रोतहरू सुक्दा अवस्था निकै भयाभह बन्दै छ । जल संकटका कारण समग्र मधेशमा १० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । यहीबिच प्रधानमन्त्री केपी शर्मा ओलीले ५ सय डिप बोरिङ गरेर मधेशमा पानीको समस्या समाधान गर्न सकिने बताउनु भएको छ । के प्रधानमन्त्रीले भने जस्तै मधेशमा जल संकटको समाधान गर्न सकिएला ? यस लेखमा मधेशमा गहिरिँदो जल संकट र त्यसको समाधानबारे चर्चा गरिएको छ ।

तराई मधेश क्षेत्रको पानीको स्रोतको बारेमा बुझ्नको लागि चुरे क्षेत्र नबुझी यो केवल एक पौराणिक कथा मात्र हुने छ । चुरे तराईको रिचार्ज जोन हो भन्ने तथ्य सबैलाई अवगत नै छ । जहाँ जमिनमुनिको पानीको तहको मुख्य स्रोत नै चुरे क्षेत्र रहेको छ । चुरे क्षेत्र सतहमा परेको पानीले सजिलै फिल्टर भई अन्डरग्राउण्डमार्फत मधेशको जमिन मुनिको तहमा पुग्दछ । यो पानी यसरी नै बगेर भएर भारतको बिहारमा रहेका मुख्य नदीहरूमा पनि मिल्न पुग्छ । मधेशमा हुने पानीको प्राकृतिक स्रोत नै यही हो । त्यसैले मधेशको पानीको स्रोत जोगाउनको लागि चुरे संरक्षण नगरी नहुने देखिन्छ । गर्मीयाममा मधेशको कल सुक्नु भनेको रिचार्ज जोनबाट तह रिचार्ज नहुनु हो । 

यतिबेला चुरे धेरै क्षेत्रमा भएका स्थानीय सरकारको मुख्य आय भनेको जंगलको फडानी, खोलानालाका स्रोत र साधनको मनमौजी उत्खनन तथा निकासी नै रहेको छ । तसर्थ, चुरे दोहन रोक्नको लागि स्थानीय सरकारमाथि हस्तक्षेपको आवश्यकता रहेको छ । अहिलेसम्म कुनै स्थानीय सरकारले ग्रिन भिलेज बनाउने योजना लागू गरेको देखिन्न । खाली कंक्रिटको ढलान सडक, त्यो पनि बिन इन्जिनियरिङ, विचित्र छ मधेश । मधेशमा भएको बन जंगललाई फडानी गरेर जमिन हत्याउने प्रपञ्चमै व्यस्त छन् राजनीतिकर्मी । यो ठोस तथ्यको रूपमा अहिले विवादमा रहेको भूमि सम्बन्धी विधेयकलाई लिन सकिन्छ । 

अहिले मधेशमा देखिएको संकटलाई विभिन्न तरिकाले समाधान गर्न सकिने चर्चा सुनिन्छ । जसमा डिप ट्युबेलको प्रयोगको चर्चा सुनिन्छ । डिप ट्युबेलले पानी ल्याउने होइन, यसले भएको पानी तानेर बाहिर ल्याउने मात्र हो अर्थात् एकै पटक ८ जिल्लामा २ हजार डिपबोरिङ गरेर पानी तान्यो भने जमिनमुनि रहेको सबै सञ्चित सुक्नु नै हो । यो एक अस्थायी समाधान मात्र हो । हामी चुरे रिचार्ज जोनलाई सुरक्षित संरक्षण नगरी तराईबाट डिप ट्युबवेलले पानी मात्र तान्यो भने अगामी ५ वर्षमा नै मधेश÷तराई मरुभूमि हुनेमा कुनै दुबिधा छैन ।

मधेशमा बढ्दै गइरहेको पानीको समस्यालाई नीतिगत, वैज्ञानिक माध्यमले विभिन्न चरणहरूलाई अनुसरण गरेर मात्रै समाधान गर्न सकिन्छ । यसको लागि केही उपायहरूलाई एकै पटक लागु गरेर समाधान गर्न सकिन्छ । जसमा वृक्षारोपणको अभियान चलाउने, पूर्व पश्चिम राजमार्गमा रहेको बस्तीमा रहेको जथाभाबी डिप बोरिङलाई बन्द गर्ने, चुरेसहित तराई÷मधेश क्षेत्रमा रिचार्ज जोनको निर्माण गर्नेलगायत छन् । साथै, कोशी, गण्डकी र कर्णाली नदीमा ड्याम बनाएर पूर्व–पश्चिम राजमार्गमा रहेको बस्तीमा पानी वितरण गर्ने तथा राजमार्गमा रहेको खहरे खोलालाई प्राकृतिक नहर बनाई डाउन स्ट्रीममा सिचाइ गर्ने योजना पनि आवश्यक छ । यसरी गर्दा कम खर्चमा सबै गाउँमा खोलालाई नहरको रूपमा प्रयोग गरी सिचाइलगायत पानीको तहलाई रिचार्ज पनि गर्न सकिनेछ । अस्थायी समाधानको लागि डिप बोरिङभन्दा ‘क्लाउड सिडिङ्ग’ गर्दा हामीले जमिनमुनिको सञ्चित पानीलाई भविष्यको लागि सुरक्षित राखी आकाशको पानी प्रयोग गर्दा राम्रो हुन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise