आदरणीय प्रधानमन्त्रीज्यू,
म माल्टा—युरोपमा रहे पनि, मेरो हृदय सधैँ नेपाली माटो र नेपाली जनताको मायामा गाँसिएको छ । तपाईं नेपालको प्रधानमन्त्री बन्नुभएको यो ऐतिहासिक अवसरमा, आफूलाई मातृभूमिलाई संसारमै सबैभन्दा धेरै माया गर्ने सन्तान ठान्दै, हृदयदेखि बधाई र अनन्त शुभकामना अर्पण गर्दछु ।
आमा, नेपाल हाम्रो साझा गौरव हो, हाम्रो पहिचानको आधार र आत्माको मूल हो । परदेशमा भए पनि, मेरो प्रत्येक श्वास नेपालकै नाममा बाँचिरहेको छ र हरेक धड्कन नेपालकै अस्तित्वसँगै धड्किरहेको छ । जीवनले जहाँ लगोस्, मेरो आत्मा सधैँ मातृभूमिको सेवामा समर्पित हुनेछ ।
तपाईं हाम्रो लागि केवल एक प्रधानमन्त्री होइन, हामी नेपालीका लागि आमाजस्तै ममतामयी छायाँ, आशाको प्रकाश र भविष्यप्रतिको विश्वास हुनुहुन्छ । तपाईंको मातृत्वपूर्ण नेतृत्वमा नेपालले शान्ति, समृद्धि र राष्ट्रिय एकताको नयाँ यात्रा तय गर्नेछ भन्नेमा म दृढ विश्वास गर्दछु ।
जय नेपाल, जय नेपाली
सादर,
सुजन बनियाँ
माल्टा–युरोप निवासी नेपाली