२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

परराष्ट्रमन्त्री आरजु राणाले गरिन् पदभार ग्रहण

ADV
मध्यान्ह
२०८१ असार ३१ गते १६:३५
परराष्ट्रमन्त्री आरजु राणाले गरिन् पदभार ग्रहण

काठमाडौं : पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

नेपाली कांग्रेसकी नेत्री डा. देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आएकी छन् । उनी संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन् । उनीसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालिबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ ।

प्रतिनिधि सभा सदस्य डा. राणाको जन्म वि.स. २०१८ माघ १३ गते भएको हो । उनी एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोत सम्बन्धी संसदीय समितिको अध्यक्षका रुपमा कार्यरत छिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise