२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

लमजुङ अस्पतालमा इन्डोस्कोपी र इको सेवा सुरु

shivam cement
जनक श्रेष्ठ
२०८२ साउन ११ गते २२:२६
लमजुङ अस्पतालमा इन्डोस्कोपी र इको सेवा सुरु

लमजुङ : प्रदेश अस्पताल बेसिशहर लमजुङमा इन्डोस्कोपी र इको सेवा सुरू भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालमा इन्डोस्कोपी सेवा औपचारिक रुपमा सेवा सुरू भएको हो ।

गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलले सो सेवाको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले अस्पतालहरुमा गुणस्तरीय सेवाहरु थपिँदै जाँदा नागरिक लाभान्वित भएको बताए । 

उनले अस्पतालमा सिटी स्क्यान मेसिन आवश्यक रहेको र यस मेसिनसहित अन्य आवश्यकताका लागि पनि आफूले पहल गर्दै आएको बताए । नेपाली भन्ने बित्तिकै ग्याष्टिकको समस्या भएको भनेर चिन्ने गरेको र अधिकांश नागरिक ग्याष्टिकबाट पीडित रहेको, अल्सरदेखि विभिन्न पेट तथा आन्द्रा सम्बन्धी समस्या इन्डोस्कोपी सेवा लगायतले सहज बनाउने र अन्य आवश्यक थप सेवाका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

बेसिशहर नगरपालिक वडा नंं ८ का वडाध्यक्ष पवित्रा राना मगर र वडा नंं ३ का चित्रबहादुर दनाई, पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले यस अस्पतालमा पूर्वाधार सेवा थपिँदै गएको र सोही अनुरुप नागरिकले छिटोछरिटो सहज रुपमा गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिंजग तामाङले जिल्लामा ग्यास्ट्रिका समस्या भएका बिरामी बढ्दै गएपछि अस्पतालले बिरामीलाई लक्षित गरेर अस्पतालले इन्डोस्कोपी सेवा सुरू गरेको बताए । अस्पतालमा विभिन्न सेवाहरु थपिँदै गएकाले अब अधिकाशं समस्याका लागि यही अस्पतालबाटै सेवा उपलब्ध भइरहेको उनको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्टेड डाक्टर शिशिर देवकोटाले भने, ‘प्रदेश सरकारको करिब ४५ लाखमा इन्डोस्कोपी र ३० लाख रुपैयाँ बराबरको इको मेसिन अस्पताललाई उपलब्ध भएको छ । इन्डोस्कोपी सेवामा पेटभित्रका मासु पलाएको, क्यान्सर घाटीमा मासु अड्एिको, अल्सर लगायतको उपचार सेवा हुने र इकोमा मुटुका विभिन्न समस्या जाँच हुनेछ ।’ अस्पतालबाट इन्डोस्कोपी सेवा मंगलबार र शुक्रबार उपलब्ध हुनेछ भने, ईको सेवा भने दैनिक हुने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार इन्डोस्कोपी सेवाका लागि बीमा गरेको नगरेका बिरामीले सम्मान ११ रुपैयाँ लाग्नेछ । इको सेवाका लागि बीमा गरेकाले एक हजार र नगरेकाले ८ सय रुपैयाँमा सेवा पाउने मेडिकल सुपरिटेन्टेड डाक्टर देवकोटाले बताए । 

यस अस्पतालमा हाल १७ जना विशेषज्ञ चिकित्सक र  एमविविएस १३ जना गरी ३० जना चिकित्सक रहेका छन् । काठमाडौंका अस्पतालभन्दा जिल्ला अस्पतालमा सस्तो मूल्यमै सो सेवाहरु उपलब्ध भएको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise