२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

डोल्पाको जैरीगाड पावर हाउसको क्वायल जल्दा विद्युत सेवा अवरुद्ध 

shivam cement
पूर्ण सार्की
२०८२ साउन १४ गते १४:१५
डोल्पाको जैरीगाड पावर हाउसको क्वायल जल्दा विद्युत सेवा अवरुद्ध 

डोल्पा : डोल्पामा जैरीगाड जलविद्युतको क्यावल जल्दा विद्युत सेवा अवरुद्ध भएको छ । 

नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्र सदरमुकाम दुनैअन्तर्गत सञ्चालित जैरीगाड सानो जलविद्युत केन्द्रमा रहेकाे करिब ७० किलोवाट क्षमताको जेनेरेटरको क्वायल जलेर विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको हो ।

बुधबार बिहान करिब साढे ७ बजे पावर हाउस सञ्चालन गर्ने क्रममा जेनेरेटरको क्वायल जलेपछि एक्कासी आगलागी भएको थियो । आगो तत्काल नियन्त्रणमा लिइए पनि मेसिनको मुख्य भाग पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।

विद्युत सेवा अवरुद्ध भएसँगै डोल्पा सदरमुकाम दुनै बजारसहित करिब २ हजारभन्दा बढी घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।  जलेको क्वायल मर्मतका लागि नेपाल विद्युत प्राधिकरणको झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा अवरुद्ध विद्युतको महिनौंसम्म पनि मर्मत सम्भव नहुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रका सूचना अधिकारी ध्रुव विश्वकर्माले जानकारी दिए । 

यसअघि पनि यो पावर हाउस पटक–पटक मर्मत अभावले बन्द हुँदै आएको थियो । सो विद्युत उपयोग गरिरहेका डोल्पाका स्थानीयबासीहरुले वैकल्पिक समाधानको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् । 

यता दुई हप्तादेखि त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन् । छलगाड लघु जलविद्युतको कुलोको बाँध छलगाड खोलाले पूर्णरूपमा भत्काउँदा यहाँका नागरिक हप्तौंदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

३५ किलोवाट क्षमताको उक्त विद्युत कहिले प्राविधिक समस्याका कारण अवरुद्ध हुन्छ भने कहिले वर्षायाममा खोलामा आएको बाढीका कारण अवरुद्ध हुने गरेको छ ।

डोल्पा राष्ट्रिय विद्युत प्रशारण लाइन ग्रिडमा जोडिएको वर्षौ बित्दासमेत जिल्लाका नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत राम्रोसँग उपयोग गर्न सकेका छैनन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise