काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गरेको हो ।
नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको जानकारी दिएको छ ।
ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले भदौ २० र २३ मा पपुवा न्युगिनीसँग खेल्ने तय भएको छ ।
लिग टु अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।
लिगमा नेपाल चार खेलमा चार अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies