२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

ADV
मध्यान्ह
२०८१ साउन १ गते १०:०८
आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

रुकुम पश्चिम : रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । 

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको  आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । 

उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशंका गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिए । 

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण संकलन जारी रहेको  र  घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise