२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्मचारीको धर्नाले कृषिमन्त्रीलाई मन्त्रालय प्रवेशमा समस्या

ADV
मध्यान्ह
२०८१ साउन १ गते १२:५८
कर्मचारीको धर्नाले कृषिमन्त्रीलाई मन्त्रालय प्रवेशमा समस्या

काठमाडौँ : नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री भएकै दिन गेटबाट मन्त्रालय भित्र प्रवेश गर्न संघर्ष गर्नुपर्यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीले धर्ना जारी राखेका उनलाई मन्त्रालय प्रवेशमा समस्या परेको हो । उनीहरूको धर्नाले आज पनि मन्त्रीको प्रवेशमा असहज भएको बताइएको छ । 

समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको कम्रचारीहरूले बताएका छन् । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै १७ दिनदेखि धर्नामा छन् ।

मन्त्री अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । तर लिखितरुपमा कुनै प्रतिबद्धता नआएको उनीहरूको भनाइ छ ।

मन्त्री अधिकारीले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरेका थिए ।  लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएसम्म धर्ना जारी राख्ने  कम्रचारीहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise