२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रवासी नेपाली मञ्च कतारको सातौं अधिवेशन हुँदै, एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८१ साउन १ गते १८:५९
Shares
प्रवासी नेपाली मञ्च कतारको सातौं अधिवेशन हुँदै, एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

दोहा, कतार : प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने भएका हुन् ।

ncell

अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको छ । विदेशमा रहेका नेपालीहरूको हक, हितका लागि आवाज उठाउँदै आएको मञ्चले अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको खानले बताए । खानले अतिथि सत्कार, व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, यातायात व्यवस्थापन, स्वयंसेवक तथा हल व्यवस्थापनका लागि उप-समितिहरू निर्माण गरी तिनका संयोजक तथा सदस्यहरू मनोनीत गर्दै जिम्मेवारी बाँटफाँट पनि गरिएको बताए ।

अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिका लागि रोमाञ्चक र चुनौतीपूर्ण प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहे पनि सबैलाई समेटेर सर्वसहमत गराएर लैजाने योजना र प्रयास रहने मञ्चका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले बताए । उनले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटीका नेतागण तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू अधिवेशनलाई सम्बोधन गर्न कतार आउन लागेको बताउँदै अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया कतार आइसकेको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर