२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यमन तिज म्युजिक अवार्ड–२०८१ आयोजना हुने

Nada
किस्ना आचार्य रोशनी
२०८१ साउन १ गते २१:२८
Shares
यमन तिज म्युजिक अवार्ड–२०८१ आयोजना हुने

काठमाडौं : यमन तिज म्युजिक अवार्ड–२०८१ को आयोजना हुने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली रीतिरिवाज, संस्कार संस्कृति झल्किने खालका गीतलाई छनोट गरेर अवार्डको आयोजना गर्न लागिएको हो ।

ncell

अवार्डमा गत २०८० सालभित्र सार्वजनिक भएका नेपाली तिज गीतको खोजी गरी सो गीतसँग सम्बन्धित कलाकारलाई उत्कृष्ट सम्मान गरिने छ । कलाकारहरुलाई सम्मानका साथै नेपाली संस्कार संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक तारावीर पाण्डेले जानकारी गराए ।

उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट तिज गीत, लय, शब्द, गायक, गायिका, संगीत, संगीत संयोजक, भिडियो सम्पादक, अडियो सम्पादक, महिला मोडल, पुरुष मोडल, छायाँकार, नृत्य निर्देशक, भिडियो निर्देशक, श्रीङ्गार, वाद्यवादक, ध्वनि मुद्रण, एक जनालाई जुरी अवार्ड वितरण गरिने छ । यो अवार्डमा हालसम्मकै सबैभन्दा बढी भ्युज कमाउन सफल गीतलाई पब्लिक च्वाइस अवार्ड गरी जम्मा २१ वटा विधामा अवार्ड वितरण गरिने आयोजक पाण्डेले बताए ।

पहिलो चरणमा देशका ख्याती प्राप्त संगीतकर्मीद्वारा उत्कृष्ट ५ मनोनयन गरी आगामी भदौ १ गते उत्कृष्ट ५ मनोनयनका नामावली सार्वजनिक गरिने आयोजकले बताएको छ । अवार्ड वितरण कार्यक्रममा अवार्ड प्राप्त गर्ने विजेतालाई ट्रफीको साथमा नगद दश हजार रुपैयाँसहित सम्मान गरिनेछ भने प्रायोजक दाताहरुको नाम, उत्पादन सामग्री तथा लोगो अंकित मायाको चिनोसमेत प्रदान गरिने छ। 

साथै अवार्डमा समावेश हुन चाहने कलाकारहरुका लागि आवेदन फारम डिजिटल प्लेटफर्म ई–सेवामार्फत खुला गरिसकिएको र ई–सेवा एपभित्र रहेको भोटिङ इभेन्ट्स सेक्टरमा गइ यमन तिज म्युजिक अवार्डको लोगोमा क्लिक गरी साउन १५ गतेभित्रमा आफ्नो सिर्जना दर्ता गराइ सक्नुपर्ने समेत आयोजक समितिले जनाएको छ । अवार्ड वितरण कार्यक्रम भदौ १५ गते राष्ट्रिय नाचघर जमलको सभाहलमा हुने आयोजकले बताएको छ ।

सम्बन्धित खबर