२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

कर्णालीमा छायांकन गरिएको म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ सार्वजनिक हुँदै

Nada
२०८३ असोज १६ गते ११:४३
Shares
कर्णालीमा छायांकन गरिएको म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ सार्वजनिक हुँदै

काठमाडौं : कर्णाली क्षेत्र आसपासका रमणीय स्थानमा छायांकन गरिएको नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ आज दिउँसो ४ः३० बजे सार्वजनिक हुने भएको छ ।

ncell

एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक हुन लागेको उक्त गीतमा सुजाता केसी र सबिन सुबेदीको युगल स्वर रहेको छ । गीतमा गजेन्द्र रञ्जितको शब्द रचना तथा राजेन्द्र बजगाईँको संगीत रहेको छ ।

प्रेमभावमा आधारित गीतको भिडियोमा नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुबेर नेपाली र लोकप्रिय कलाकार तथा मोडल झरना रिशालको अभिनय रहेको छ ।

कर्णाली क्षेत्रका प्राकृतिक तथा मनोरम दृश्यलाई समेट्दै तयार गरिएको भिडियोले गीतको प्रेमिल भावनालाई थप प्रभावकारी बनाउने निर्माण पक्षको विश्वास छ ।

निर्माण पक्षले आफ्ना अघिल्ला सिर्जनाहरूलाई जस्तै यस म्युजिक भिडियोलाई पनि दर्शक तथा श्रोताबाट माया, साथ र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर