हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्विप जारी गरेको छ ।
२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् ।
प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।