२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

Nada
२०८२ साउन २६ गते १६:२८
Shares
मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

काठमाडौंः नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् ।

ncell

सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मदन-आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको नभएको स्पष्ट पारे ।

उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरु सामुहिक संस्था हुनुपर्ने बताए । नेताहरुको नाममा प्रतिष्ठानहरु स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘हाम्रा संस्थाहरु एकदमै सामुहिक संस्था हुनुपर्छ । मदन भण्डारी फउण्डेशन पार्टीले बनाएको होइन । आफैँ बनाएको हो । अरु ढंगले । जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो, पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरु लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’ अध्यक्ष ओलीले प्रतिष्ठानहरु ठगी खाने भाँडोका रुपमा स्थापित हुनु नहुने बताए ।

सम्बन्धित खबर