२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

shivam cement
२०८२ साउन २७ गते १९:२७
Shares
बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

मंगलबार प्रदेश सभाको बैठकमा विश्वासको मतको पक्षमा ६३ मत र विपक्षमा २२ मत पर्‍यो । ७ मत तटस्थ रह्यो । सभामा ९२ सांसद उपस्थित थिए । 

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रसहित, राप्रपा, नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गरेका थिए । हाम्रो पार्टी नेपालका दुई सांसद सदनमै अनुपस्थित भए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो ।

साउन २० गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री नियुक्त भएका थिए । 

सम्बन्धित खबर