२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

रविलक्षित प्रधानमन्त्रीको टिप्पणी : 'भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोजियो'

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते १४:३६
रविलक्षित प्रधानमन्त्रीको टिप्पणी : 'भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोजियो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोपको खण्डन गर्दै न्यायालयको निर्णयमा सरकारको कुनै भूमिका नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभामो बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौं जनताले गरेको वचत हिनामिना गर्ने मुद्दामा सयौं व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्याय प्रणालीमा सरकारको कुनै भुमिका नरहेको स्पष्ट पारे ।

उनले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरुमाथि के भइरहेको हो ? भन्दै प्रश्न समेत गरे । उनले लामिछानेलाई लक्षित गर्दै भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने समेत टिप्पणी गरे । उनले संसद बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नका लागि संसदका दुई ठुला दलहरुको समीकरणमा सरकार गठन गरिएको समेत बताए । हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको उनको आरोप छ ।

ADV

सम्बन्धित खबर

Advertise