२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

Nada
२०८१ साउन २ गते ११:२३
Shares
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

काठमाडौं : प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् । 

ncell

आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरु हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नेछन् ।

पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गरेका छन् । अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन् ।

अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारीहरू, महादेशीय कमिटी तथा मध्यपूर्वमा रहेका राष्ट्रिय कमिटीका अध्यक्षहरू अधिवेशनलाई सम्बोधन गर्न कतार पुग्दैछन् ।

ताजा खबर

सम्बन्धित खबर