२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित, १५ दिनभित्र माग सम्बोधन हुने आश्वासन

ADV
मध्यान्ह
२०८१ साउन २ गते १२:१४
कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित, १५ दिनभित्र माग सम्बोधन हुने आश्वासन

काठमाडौँ : गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन्  । 

१५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा धर्ना बस्दै कर्मचारीहरूले आन्दोलन स्थगित गरेका हुन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।

कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । २०८१ आषाढ १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीहरूले धर्ना दिईरहेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise