२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपालीलाई दूतावासको आग्रह

ADV
मध्यान्ह
२०८१ साउन २ गते १३:५५
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं : ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

बंगलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । 

कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः +८८०१८०६९१०१३ र +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । 

दूतावासले आज सूचना जारी गर्दै बंगलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बंगलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise