२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२ ले मनायो स्थापना दिवस

ADV
मध्यान्ह
२०८१ साउन २ गते १५:२१
रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२ ले मनायो स्थापना दिवस

काठमाडौं : रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले क्लब स्थापना दिवस मनाएको छ । यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान अन्तर्गत स्थापना भइ सञ्चालनमा रहेको छ ।

सो अवसरमा रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ का लागि १२औं अध्यक्षको रूपमा पदभार ग्रहण गरे । स्थापना समारोहमा क्लबका सदस्यहरू, उनीहरुका जीवनसाथी, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरूसहित ६० भन्दा बढी सहभागी थिए । प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्की र उनकी जीवनसाथीले कार्यक्रममा गरिमा प्रदान गरे । उनीहरुले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे विस्तिृत जानकारी प्रदान गरे ।

असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएकोमा जोड दिए । उनले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४–२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू प्रस्तुत गरे । एजी भट्टराईले डिस्ट्रिक्ट र क्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिज्ञा गरे ।

अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ का लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गरे । उनले रोटरी ई–क्लबले सामुदायिक क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानहरूमा प्रकाश पारे । जसमा दलसिङे, काभ्रेमा रु ६७ लाखको भूकम्प पुनर्स्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू र पानी, सरसफाइ तथा स्वच्छता परियोजनाहरू समावेश छन् । उनले रोटरीको ‘आफूभन्दा माथि सेवा’को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एसईई पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरियो । क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निङ सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफल भएकोमा सम्मान स्वरूप अध्यक्ष राज श्रेष्ठ र प्रमुख अतिथि राजेन्द्र धोजुले संयुक्तरुपमा सम्मानित गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise